
काठमाडाैं । हवाइ इन्धनको मूल्य बढेपछि जहाजको भाडा पनि बढेको छ । हवाइ सेवाप्रदायक कम्पनीले जेठ ११ देखि लागू हुने गरी भाडा बढाएका हुन् ।
यति एयरलाइन्सले सबै क्षेत्रको भाडा वृद्धि भएको जानकारी दिएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइटको १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौंबाट भद्रपुरको भाडा ११ हजार ९३५, विराटनगरको ९ हजार ३२५, जनकपुरको ५ हजार २५०, भरतपुरको ४ हजार ४३५, पोखराको ६ हजार ३०५ रुपैयाँ एकतर्फी भाडा पुगेको छ ।
त्यसबाहेक काठमाडौंबाट भैरहवाको ७ हजार ८८०, नेपालगंजको १२ हजार ८९५, धनगढीको १५ हजार ६६५, तुम्लिङटारको भाडा ७ हजार ४६० र सिमराको भाडा ३ हजार ७२५ रुपैयाँ पुगेको छ।
कम्पनीले यात्रुको चापको आधारमा पूर्ण भाडा वा छुटमा टिकट बिक्रीवितरण गर्न सक्छन् ।