जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् ।

उनी नेकपा (एमाले)का उम्मेदवार शिवशंकर साहलाई पराजित गरी मेयर बनेका हुन् । सोमबार साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भए । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए ।

नेपाली कांग्रेसबाट राजीनामा गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । साहले १५ हजार ५२५ मत पाए ।

दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१