काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले पहिलोपटक परिषद्को बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानन्यायाधीश नियुक्ति लगायत विभिन्न संवैधानिक पदहरूमा नियुक्ति सिफारिसका विषयमा छलफल हुने छ ।
हाल प्रकाशमानसिंह राउत सेवानिवृत्त भएसँगै सर्वोच्च अदालत नेतृत्वविहीन बनेको छ भने वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
हिजै मात्र राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । सो अध्यादेशअनुसार परिषद्का ६ सदस्यमध्ये कम्तीमा ३ जनाको उपस्थितिमा निर्णय गर्न सकिने व्यवस्था छ।