काठमाडाैं । तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराएर नेकपा एमालेले मेयर र उपमेयर जितेको छ ।
मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन् । खड्काले ३१ हजार ४०८ मत ल्याउँदा गिरिले २७ हजार ७१६ मत पाए ।
उपमेयरमा चौधरीले ३० हजार ५९७ मत ल्याएर विजयी भइन् । पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत पाए ।