काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाएको थियो ।
यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो ।
समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै, भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ ।