• २०८३ साउन ३
  • 2026 July 19, Sunday

निजी अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा स्थगित

काठमाडौं । निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो ।

बोर्डको निर्णयमा भनिएको छ,‘स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’