• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीको आदेशमा अधिकारीलाई पुर्पक्षका लागि कारगार चलान गरिएको हो ।

थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार अदालत उपस्थित गराएको थियो । उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ ।

कुमार चिमोरियाको जाहेरीपछि प्रहरीले अधिकारीविरुद्ध रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।

चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।