• २०८३ असार ८
  • 2026 June 22, Monday

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा सोम शर्माको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि गण्डकी भूगोलबाट सोम शर्माले उम्मेदवारी दिएका छन्।

प्रतिनिधि सभा सदस्य, बागलुङ क्षेत्र नं. २ सँग सम्बन्धित शर्मा गण्डकी भूगोलबाट केन्द्रीय सदस्य पदका आकांक्षी हुन्। उनले ‘सशक्त संगठन निर्माण, सुशासन र पारदर्शिता’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

साथै ‘समृद्ध गण्डकी, समृद्ध नेपाल’ को लक्ष्यसहित पार्टी संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शर्माले मतदातामाझ ‘तपाईंको विश्वास, मेरो प्रतिबद्धता’ भन्ने नारासहित समर्थन मागिरहेका छन्।

उम्मेदवार शर्माले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै संगठन विस्तार, सुशासनको प्रवर्द्धन तथा जनअपेक्षाअनुसार काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।