• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यी हुन् सम्पर्कविहीन विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रुहरू (नामावलीसहित)

काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज सम्पर्कविहीन भएको छ ।

आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानको खोजी हेलिकोप्टर परिचालन गरिएको छ । विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार रहेको पाइएको छ ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यी मध्ये २ जना जर्मनी र चार जना भारतीय नागरिक भएकाे बताइएकाे छ । जहाज क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए । चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र किस्मी थापा थिए ।