
काठमाडाैं । सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।
सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ ।
जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आइतबार बिहानदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ ।
अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।