काठमाडौँ । नेपालमा सार्वजनिक भएको एक सातामै GWM को नयाँ विद्युतीय एसयूभी ORA 5 ले अटोमोबाइल बजारमा उल्लेखनीय चर्चा बटुलिरहेको बेला यसले अन्तर्राष्ट्रिय स्तरमा पनि अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। GWM को पूर्ण विद्युतीय मोडेल ORA 5 ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत प्रोडक्ट डिजाइन – अटोमोबाइल्स/भेहिकल्स विधामा “डिजाइन अफ द इयर” उपाधि जित्दै आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो।
यो सम्मानले ORA 5 को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको GWM को दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।
“प्राकृतिक सौन्दर्य” को अवधारणामा आधारित ORA 5 ले “प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित” भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। यसमा Coffee Pilot Ultra बुद्धिमान ड्राइभिङ प्रणाली, Coffee OS 3 स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, ७ वटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँच-तारे ANCAP र पाँच-तारे Euro NCAP सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ।
ORA 5 ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको यात्रा क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (ADAS), ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरसहित आधुनिक र सुरक्षित विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसको विशेष प्रारम्भिक मूल्य रु. ४६ लाख ९९ हजार बाट सुरु हुन्छ।
नेपालमा सार्वजनिक भएको छोटो अवधिमै ORA 5 ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्न सफल भएको छ। ग्राहक, अटोमोबाइल पारखी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ORA 5 लाई नेपाली विद्युतीय सवारी बजारको बहुप्रतीक्षित तथा चर्चित मोडेलका रूपमा स्थापित गरिरहेको छ।
नेपालका लागि GWM का आधिकारिक आयातकर्ता तथा वितरक VG Impex Pvt. Ltd. ले विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै निकट भविष्यमै HAVAL JOLION MAX EV तथा HAVAL H7 समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। यी नयाँ मोडेलहरूको आगमनसँगै GWM ले नेपालमा आफ्नो विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियोलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको तथा १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको GWM ले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।