
काठमाडाैं । सम्पर्कविहीन भएकाे तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ ।
नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गरी सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको हाे । खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ ।’
हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान मुस्ताङकाे टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ । प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ ।