काठमाडौंमा तीनवटा फ्लाइओभर र दुई वटा अन्डरपास बन्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका हुन् ।

यस्तै, काठमाडौंको कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास बनाउन सुरु गरिने पनि उनले घोषणा गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१