
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । यो चालु आवको लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो ।
विसं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।