• २०८३ असार २३
  • 2026 July 07, Tuesday

टेरामक्स प्रकरणमा मोहन बस्नेतलाई सफाइ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रकरणमा विशेष अदालतले पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिने फैसला गरेको हो ।

विशेष अदालतले बस्नेत नीतिगत निर्णयपछिका कुनै पनि खरिद प्रक्रियामा संलग्न रहेको पुष्टि हुन नसकेको साथै, खरिद प्रक्रियाबाट उनले व्यक्तिगत लाभ लिएको वस्तुनिष्ठ प्रमाण पनि अभियोजन पक्षले पेस गर्न नसकेको ठहर गरको छ ।

यसै प्रकरणमा अन्य प्रतिवादीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती भने दोषी ठहर भएका छन् । प्रतिवादीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई छ महिना कैद र पचास हजार रुपैयाँ जरिवाना गरिएको छ ।