• २०८३ असार २३
  • 2026 July 07, Tuesday

नुवाकोटको शिवपुरीमा केएमसीको स्वास्थ्य परीक्षण, ७३४ ले लिए निःशुल्क सेवा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले नुवाकोटको शिवपुरीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

केएमसीको प्राविधिक सहयोगमा रोटरी क्लब अफ बानेश्वरको आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ शिवालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

श्री शिवालय आधारभूत विद्यालयमा भएको शिविरमा ७ सय ३४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ७५ जनाको ल्याब परीक्षण, ५८ जनाको भिडियो एक्सरे, ६९ जनाको ईसीजी गरिएको थियो ।

११ जनाको दाँत झिकिएको थियो भने २२ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।