जापान । नेपाली कांग्रेसको विदेशस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनबाट बागलुङका शिवकुमार श्रीस मगर (शिव श्रीस) सहमहामन्त्री पदमा निर्वाचित भएका छन् ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका अन्तर्गत राङ्खानी स्थायी घर भएका श्रीस लामो समयदेखि जापानमा रहेर सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । हालै सम्पन्न समितिको सातौँ अधिवेशनले उनलाई संगठनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो ।
श्रीसको यो विजयले जापानमा रहेका नेपाली समुदाय र विशेष गरी बागलुङवासीहरूमा खुसीयाली छाएको छ ।
सहमहामन्त्रीमा निर्वाचित भएपछि श्रीसलाई विभिन्न संघ-संस्था, शुभचिन्तक तथा कांग्रेसी कार्यकर्ताहरूले बधाई एवं सफल कार्यकालको शुभकामना दिइरहेका छन् । उनले आफ्नो कार्यकालमा संगठनलाई थप सुदृढ बनाउन र जापानमा रहेका नेपालीहरूको साझा समस्याहरूमा आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।