सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९८ हजार २ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१