काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक युवाले आत्मदाह प्रयास गरेका छन् ।
आत्मदाह प्रयास गर्ने व्यक्ति भक्तपुर बस्ने मुगुका २५ वर्षीय गणेश नेपाली भएको हुन् । प्रहरीले उनको उद्धार गरेर वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनी हाल बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले आफ्नो मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि आत्मदाह प्रयास गरेको बुझिएको छ । नेपालीले राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरेको भेटिएपछि नगर प्रहरीले ह्वील लक लगाएका थिए ।