नायिकामाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा ३ हजार धरौटीमा रिहा

काठमाडाैं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको प्रहरी स्राेतले जनाएकाे छ ।

काठमाडौंको सिभिल मलमा कबड्डी ४ फिल्म हेरेर निस्कने क्रममा मुगुका फुर्वाले आफूलाई गलत नियतले छोएको आरोप लगाउँदै मिरुनाले थप्पड हानेर माफी मगाएकी थिइन् । पछि उनले उजुरी पनि दिएपछि प्रहरीले फुर्वालाई पक्राउ गरेकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१