
काठमाडाैं । शेयर बजारमा मङ्गलबार पनि उच्च अंककाे गिरावट आएकाे छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५३ अङ्कले घटेर २ हजार एक सय ३७ दशमलव ९२ विन्दुमा झरेको छ ।
मंगलबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय २९ कम्पनीकाे ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर मंगलबार पनि १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ ।