बुधबार पनि घट्याे सेयर बजार

काठमाडाैं । बुधबार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव २१ अङ्कले घटेर २ हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । २ सय २७ वटा कम्पनीकाे ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बुधबार शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१