• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बढ्याे सुनकाे भाउ, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

याेसहित छापावाल सुनको भाउ ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।