
काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार १८ अंककाे गिरावट आएकाे छ ।
बिहीबार शेयर बजार परिसूचक नेप्से १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो ।
बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । बिहीबार कुल कारोबार रकम १ अर्ब १६ करोड मात्र भएकाे छ ।
बिहीबार बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्तलगायतका कम्पनीको लगानीकर्ताले बजारबाट ४ प्रतिशत हाराहारी कमाइ गरेका छन् ।
यस्तै, प्रभु लाइफ इन्स्योरेन्स,उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीले बिहीबार दोस्रो बजारबाट धेरै गुमाएका छन् ।