थपिए २६ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ७७ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १९ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ११ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१