• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न विश्वप्रकाश शर्माकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरे ।

उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केहि सिटमा जित हासिल गरेको तर्क गरे ।

शर्माले सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकीर गरे । उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव पनि दिए ।

मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सही रुपमा उपयोग गर्न पनि निर्देशन पनि दिए ।