काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन साेमबार २ सयले बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।
चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकाे थियाे ।