• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आइतबारको बिदा खारेजीको माग गर्दै रिट दायर

काठमाडौं । हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारले जेठ १ गतेदेखि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई कारण देखाएर आइतबार पनि बिदा थप गरेको थियो । उक्त बिदाले जनताको सेवा लिन पाउने अधिकार कुण्ठित भएकाले खारेजीको माग गर्दै रिट दायर गरिएको हो ।

अधिवक्ताहरु रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले बिना अध्ययन हचुवाका भरमा गरिएको बिदा खारेज गर्न माग गरेका छन् ।

रिट निवेदनमा भनिएको छ, ‘मन्त्रिपरिषद्‌ले आवश्यक विचारविमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी गरिएको मिति २०७९/१/१३ गते नेपाल राजपत्र भाग ५ मा मिति २०७९/१/२६ गतेको सूचनामा प्रकाशित निर्णय संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा अमान्य बदर गरी संविधान र कानुन बमोजिम उक्त निर्णयबाट हुने सम्पूर्ण काम कारबाही नगर्नु नगराउनु भनी परमादेशसमेत जारी गरी पाउँ।’