काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय असार १ गतेदेखि लागु हुनेछ ।
हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध साेमबार नै सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।