
काठमाडाैं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गरी फोहोर विसर्जनमा अवरोध गरेपछि अब प्रहरीकाे सहयाेगमा फाेहाेर फाल्न लागिएकाे हाे ।
प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।
यता, प्रहरीले भने स्थानीयलाई पक्राउ नगरी अवराेधमात्र हटाएकाे प्रतिक्रिया दिएकाे छ ।