काठमाडौं । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीको निर्णयविपरीत मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेलेको आरोप लगाएका छन् ।
नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको सपथग्रहणपछि पराजुलीले पार्टी निर्णयविरुद्ध मन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डको शरणमा पुगेको आरोप लगाएका हुन् ।
पराजुलीले भने, ‘आज कोही मन्त्री हुँदै गर्दा हाम्रो पार्टीको आलोकनगरको कार्यालयले के गर्छ भन्ने होइन देउवाको शरणमा गइरहेका, प्रचण्डको शरणमा गइरहेका छन् । पार्टीले एकातिरबाट निर्णय गर्छ, तर उनीहरू उल्टो गर्छन् । पदमा पुगेपछि टाँसिरहनुपर्ने मन्त्रीको कुर्सीमा सुपरग्लु छ कि ? पार्टीले बुझ्न जरुरी छ ।’
पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेकाे उक्त सपथग्रहण कार्यक्रममा पराजुलीले पार्टीको निर्णय पालना गराउन नेतृत्वलाई आग्रह समेत गरे ।