सार्वजनिक शाैचालय सञ्चालनका सम्बन्धमा कामपा र नविल बैंकबीच सम्झाैता

काठमाडाैं । काठमाडौं महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नविल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौता ५ वर्षको रहेको छ । शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ । सम्झौता कार्यक्रममा नविलका कार्यकारी अधिकृत शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए ।

बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स लगायतका स्थानमा सर्वसाधारणले निःशुल्क शौच गर्न पाउनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१