
काठमाडाैं । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार बुधबार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । बुधबार कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीकाे ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएकाे छ ।
बुधबार सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । जम्मा सात वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।