
काठमाडाैं । काठमाडाैं महानगरकाे नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) लाई नेपाली कांग्रेसकी नेत्री तथा पराजित उम्मेदवार सिर्जना सिंहले बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन नहुने सुझाव दिएकी छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत सिंहले फोहोर व्यवस्थापनका कामकारवाही सहमति अनुरूप हुनुपर्ने बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि मिटिङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन र राम्रो पनि होइन भनेर बुझ्नुपर्योे । कामकारवाही सहमति अनुरूप हुनुपर्यो । काठमाडौंको जनता होस् वा बन्चरे डाँडाका जनता सबैलाई न्याय होस् । कामपा सरकार !’