माैसम अनुकुल नभएपछि २ वटा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि बुधबार दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।

विमानस्थलका अनुसार इन्डिगो एयरलाइन् र विस्तारा एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको छ ।

विमानस्थलका अनुसार जापानबाट आउँदै गरेको नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स आकाशमै होल्ड गरेका थिए ।

एक घन्टाको होल्ड पछि दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

आन्तरिक उडानमा रहेका वायुसेवाका पनि केही उडान प्रभावित भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१