बाल्काेनीमा यौनजन्य क्रियाकलाप, भिडियो भाइरल भएपछि…

काठमाडाैं । हङकङमा घरको बाल्कोनीमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

उनीहरुको यौन क्रियाकलापको भिडिओ अनलाइनमा सार्वजनिक भएसँगै प्रहरीले ३६ वर्षीया एक महिलालाई पक्राउ गरेको हो ।

हङकङको पहिला मुक टाइ स्ट्रिटस्थित आवासीय भवनको बाल्कोनीमा दिउँसै यौनक्रिडा गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले ती महिलाको पुरुष साथीको खोजी चलिरहेको छ।

बुधबार हङकङ प्रहरीको आपराधिक अनुसन्धान एकाइले मुक टाइ स्ट्रिटबाट ३६ वर्षीया महिलालाई पक्राउ गरेको हो । उनलाई सार्वजनिक स्थलमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको हो । हङकङमा यस किसिमको आरोपमा ७ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

हङकङको कानुनअनुसार सार्वजनिक स्थल वा सार्वजनिकरुपमा देखिने स्थलमा अश्लीलता प्रदर्शन गरेको अवस्थामा ६ महिलासम्मको जेल सजाय हुन सक्ने र एक हजार हङकङ डलर जरिवाना हुन सक्ने व्यवस्था छ ।

साथै उनीहरुको भिडियो खिचेर अनलाइनमा सार्वजनिक गर्ने मानिसलाई पनि तीन वर्षको जेल सजाय र १० लाख हङकङ डलर बराबरको जरिवाना हुन सक्ने प्रहरीले बताएको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको र यस विषयमा अन्य मानिस पनि पक्राउ पर्न सक्ने उल्लेख गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१