
काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएकाे छ ।
शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।