थप १७ जनामा काेराेना, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१