• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडाैं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।

संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त) को सांसद रहेको बेला देउवा नेतृत्वको सरकारमा उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

२०२२ साल चैत ७ गते धनुषा जिल्लाको जनकपुर न.पा.–८ जन्म भए पनि उनी सप्तरी जिल्लाको राजविराज न.पा.–८ की स्थायी बासोबास गर्दै आएकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।