• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा फेला

काठमाडौं । करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।