पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि पैसा उठाएको छैनौँ

काठमाडौं । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहकी बहिनी रोशनी शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् ।

केही दिन यता मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरू सार्वजनिक भएका थिए । यसैकारण उनले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरूको खण्डन गरेकी छिन् ।

रोशनीले भने पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छन् ‘यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौँ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौँ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१