यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखकाे निर्देशन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन् । खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

त्यसअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए ।

सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रीत निकै राम्रा कार्यक्रम आए पनि मल नपाउनु दुखद भएको बताइन् । त्यस्तै, सांसद बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताइन् ।

त्यस्तै अन्य सांसदहरुले हरेक वर्ष हुने मल अभावको समस्या दीर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१