
काठमाडाैं । नेकपा एमालेकी एक सांसदले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ ।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद गंगा चौधरीले झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् ।
झाँक्रीको नामै नलिइ उनले स्मार्टसिटी बनाउने कुरा शहरी विकासमन्त्रीले ओठमा लिपस्टिक लगाएको जस्तो नभएको टिप्पणी गरिन् । चाैधरीले भनिन् ‘शहरी विकासमन्त्रीको कुरा जोड्न चाहन्छु, ओठमा लिपिस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्यो भन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व छ । आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ, तपाईंलाई त्यति पनि ज्ञान छैन, दाङको घोराही गएर हेर्नुस् । २० करोडको लागतमा फोहरबाट वैकल्पिक ऊर्जा उत्पादन भइसकेको छ ।’
उनले यस्ताे अभिव्यक्ति दिएपछि बोल्दा ख्याल नगरेका नेकपा एसका सांसदले दुई जना सदस्य बोलेपछि नियमापत्ति गरेका थिए । नेकपा (एस)की सांसद निरादेवी जैरुले व्यक्ति विशेषलाई लिएर घोचपेच गर्ने अंगीकार सांसदलाई नरहेको बताइन् ।
आगामी दिनमा पनि संसदमा त्यस्ता शब्द नबोल्न भन्दै उनले चौधरीले बोलेको कुरा संसदको रेकर्डबाट हटाउन माग गरिन् । त्यसपछि बैठकको अध्यक्षता गरिरहेकी पुष्पा कर्ण कायस्थले ध्याानाकर्षण भएको बताइन् ।
भिडिओ :