
काठमाडौं । सेयर बजारको ओरालो यात्रा साेमबार पनि कायमै छ । साेमबार १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ ।
साेमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
साेमबार कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ ।
साेमबार सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाए ।
साेमबार मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।