मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

काठमाडाैं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे पुन: काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धअन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१