गायिका इन्दिरा जोशी विवाह मंगलबार

काठमाडाैं । गायिका इन्दिरा जोशीले मंगलबार बिहे गर्दैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।

झण्डै दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए ।

शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१