• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गायिका इन्दिरा जोशी विवाह मंगलबार

काठमाडाैं । गायिका इन्दिरा जोशीले मंगलबार बिहे गर्दैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।

झण्डै दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए ।

शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन् ।