
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।
मन्त्री वलीले आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा प्रवेश गरी आतंक मच्चाएकाे बताइएकाे छ ।
उनले कोठाभित्रको दराजसमेत तोडफोड गरी एकराजकाे श्रीमती र छाेरीलाई कुटपिट गरेकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना हुँदा एकराज घरमा थिएनन् ।
गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् ।
विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।