हेटौंडा पुगेका बालेन शाह र सुनिता डंगोल कार्यक्रम नसक्दै किन फर्किए ?

काठमाडौं । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्।

बैठक तीन दिनका लागि भए पनि प्रमुख बालेन साह र उपप्रमुख सुनीता डंगोल एक दिन मात्र सहभागी भएर सोमवार साँझ फर्किएका थिए ।

बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा पुगेका शाह असन्तुष्ट हुँदै काठमाडौं फर्किएका हुन् ।

शाहले सोमबार साँझ नै ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’​ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रमुख शाहका सहयोगी कुमार बेनले मौका हुँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर काठमाडौं फर्किएको बताए ।

शाहले गाली र आलोचना नै सुन्नुपर्दा आफ्नै महानगरवासीको सुन्ने बताएका छन् । ‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु । अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछु । धन्यवाद’ मेयर शाहको भनाइ उद्धृत गर्दै बेनले भनेका छन् ।

यस्तै, महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् । उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१