
काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको हाे ।
मंगलबार नेपाल राष्ट्र बैंकले १ डलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ ।
याे मूल्य हालसम्मको सबेभन्दा धेरै हो । साेमबारसम्म प्रतिडलर बिक्री दर १२४.८४ रुपैयाँमा थियो ।