• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह, यी स्थानमा छलफल हुने

काठमाडाैं । नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब साढे २ घण्टा लगाएर वाचन गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।

‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले उक्त राजनीतिक प्रतिवेदन वाचन गरिसकेपछि छलफलका लागि २५ वटा समूह बनाइएको हो । छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।

यी समूहलाई प्रचण्डले वाचन गरेको राजनीतिक प्रतिवेदन उपलब्ध गराइनेछ । त्यो प्रतिवेदनमाथि सोमबार र मंगलबार छलफल हुनेछ । ती समूहले राय सुझाव दिइसकेपछि प्रचण्डले प्रतिवेदनमाथि थप जवाफ दिनेछन् ।

यो राजनीतिक प्रतिवेदन पारित भएपछि बुधबारदेखि माओवादीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

समूहगत छलफलका लागि छुट्टयाइएको २५ समूह :

१) ज्येष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)

२) सल्लाहकार परिषद (प्रज्ञा भवन)

३) सल्लाहकार परिषद (प्रज्ञा भवन)

४) प्रदेश १ क.(भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क.( पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क.(पेरिसडाँडा )

११) गण्डकी ख.(पेरिसडाँडा)

१२) प्रवास (पेरिसडाँडा )

१३) कर्णाली क. (ए वान पार्टी प्यालेस)

१४)कर्णाली ख. (ए वान पार्टी प्यालेस)

१५) सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)

१६) सुदूरपश्चिम ख (ए वान पार्टी प्यालेस)

१७) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)

१८) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)

२०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस

२२) वागमती क.(बानेश्वर ब्याङ्क्वेट)

२३) वागमती ख.(बानेश्वर ब्याङ्क्वेट)

२४) आयोग (काठमाडौं ब्याङ्क्वेट)

२५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)